आज म संग कुनै धारणा छैन
विचार छैन
योजना छैन
तर्क छैन
जोश छैन
जाँगर छैन
हौसला छैन
प्रेरणा छैन
विद्यालयलाई आखाको नानी बनाऔ भन्ने
उन्माद छैन
चाहाना छैन
लगनशीलता छैन
कर्तव्यपरायणता छैन
चिन्तन छैन र चिन्ता पनि छैन
आज म विचार शून्य छु
योजना विहिन छु
अपजसको गरुङ्गो भारी बोकेको भरिया भएको छु
मात्र जागिरे मानसिकता धारी भएको छु
सुबिधाभोगी भएको छु
सहकर्मीलाई गोरु झैँ जोताउने मालिक भएको छु
बिना अधिकारकको ओभरटेकर सारथी बनेको छु
आज म स्वार्थी भएको छु
मात्र आफ्नो भलो चिताउने पात्र भएको छु
गफ गरेर समय विताउने कारिन्दा बनेको छु
कक्षा छोडेर ईन्टरनेटमा रमाउने गुरु भएको छु
सहकर्मीको अगाडी चुरीफुरी गर्ने मित्र भएको छु
आजकल, मलाइ मेरो अन्तर हृदयले सोध्छ
तिमीलाई आफ्नो पेशाप्रति किन खसखस लाग्छ हँ
तिमीलाई चुपचाप बस्न आउदैन ?
तिमीलाई मौन बस्न आउदैन ?
तिम्रो मस्तिष्कमा विद्यालय बाहेक अरु केहि छैन ?
प्रश्नहरुको विचमामा म आज अनुतरित छु
प्रश्नको भारी उठाउन असमर्थ भएको छु
धैर्यताको कसीमा असफल भएको छु
व्यक्तिगत स्वार्थमा लिप्त भएको छु
खिसिट्युरीको वीचबाट घस्रने प्रयत्न गरिरहेको छु
0 Comments:
Post a Comment