भगलापुर माध्यमिक विद्यालयले सुरू गर्यो वैकल्पिक प्रणालीबाट सिकाई सहजीकारण

मानपकडी, असार २३ । 
कोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका शुद्धोधन गाउँपालिकाका  विद्यार्थीलाई घुम्ती कक्षा पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । शुद्धोधन गाउँपालिकाका वडा नं ५ स्थित भगलापुर  माध्यमिक विद्यालयले सञ्चालन गरेको घुम्ती कक्षा पढाइ कार्यक्रममा सहभागी भएर विद्यार्थीले पढाइलाई निरन्तरता दिन थालेका छन् ।
महामारी संक्रमणका कारण विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भूसालले  जानकारी दिए ।उनका अनुसार टोलका विद्यार्थीलाई टोलमै जम्मा गरेर सामदायिक भवन र चौतारामा भौतिक  दूरी कायम गरेर पढाइने गरिएको छ । विद्यार्थीको चाप बढी हुन नदिन दुई चरणमा पठनपाठन भइरहेको छ । कक्षा १०मा अध्ययनरत विद्यार्थी  विष्णु लोधले महामारीका कारण विद्यालय जान नपाएका अवस्थामा घुम्ती कक्षा पढाइ कार्यक्रमबाट पढाइलाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे । कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई समेट्ने गरी घूम्ती कक्षा  पढाइ कार्यक्रमको समयतालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । शिक्षकले टोलटोलमा जम्मा भएका विद्यार्थीलाई पठनपाठन गराउने गरेका छन् ।

विद्यार्थीलाई विद्यालयमा पठनपाठन गराउँदा कोरोना संक्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी भौतिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो, 'प्रधानाध्यापक भुसालले भने, 'शिक्षकहरु मास्क र सेनिटाइजर लगाएर शिक्षण सामग्री सहित पुग्दा बालबालिका आआफ्नो बस्ने व्यवस्थासहित टोलमा जम्मा हुने गरेका छन् ।'
विद्यार्थीका लागि विषयगत शिक्षक अनुसार बिहान ११:०० देखि अपराह्न १:०० बजे र अपराह्न १:०० बजे देखि अपराह्न ४:०० बजेसम्म घूम्ती कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएकोछ । वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम सञ्चालन गर्न सम्भव भएको र  रेडियो तथा  टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोती बहादुर थापा ले जानकारी दिए। उनले टोल पढाइ कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा सक्रिय बनाइराख्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे ।

वैकल्पिक सिकाई सहजीकरणको सयोजन गरिरहेका शिक्षक कृष्णप्रसाद ज्ञवाली भन्दछन् , कोभीड१९ को संक्रमणको बावजूत अब हामीले नगरे कसले गर्ने  < भन्ने सोंच बनाएर र कोरोना महामारीका कारणले सरकारले गरेको लक डाउनलाई बाहाना बनाएर घरमा बसेर हुदैन, सिकाई सहजीकरणको लागि हामी शिक्षकहरुले मात्र भएपनि प्रयास गर्छौ भनी विद्यालय व्यवस्थापन समितिमा प्रस्ताब लग्यौ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले हाम्रो प्रस्तावलाई मनासिब ठहर गरेर संयुक्त बैठकबाट घुम्ती कक्षा सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । घूम्ती कक्षा  कार्यक्रम अहिलेका अवस्थामा प्रभावकारी रहेको बताउँदै शुद्धोधनका  अन्य विद्यालयले समेत त्यसको नक्कल  गर्न थालेको उनले जिकिर गरे ।
Share:

संघीय राज्य (Federal State)

राज्यको शक्ति विभाजनको अवधारणा संगै आधुनिक संघीय राज्यको अवधारणा विकसित भएको हो /   संघीय सब्द  अंग्रेजी सब्द federation तथा ल्याटिन सब्द Foedus बाट ब्युत्पन्न भयको हो /  यसको अर्थ सन्धि सम्झौता भन्ने  हुन्छ  / सन्धि सम्झौता द्वारा विभिन्न राज्यहरु एउटा संघमा एकताबद्ध हुने वा संबिधान द्वारा राज्यमा शक्ति बिभाजन गर्नु नै संघीयता हो / आधुनिक संघीय शासनको अवधारणा सबैभन्दा पहिले जोहानस ले सन् १६०३ मा आफनो सहर इमादेन लाई स्वतन्त्र राख्न ल्याएका थिय / यस्तै संघीयता को पहिलो प्रयोग सन् १७०७ मा बेलायतले गरेको थियो / यस अन्तर्गत बेलायत ,स्कटल्याण्ड,आयरल्याण्ड र वेल्स ले सम्झौताद्वारा सयुक्त अधिराज्यको निर्माण गरि संघ राज्य बनाएका थिय / यो साम्राज्यबादी शक्ति विस्तारकालागी बनेको संयुक्त अधिराज्य थियो र यो पछि ग्रेट ब्रिटेन बन्न पुग्यो साथै सन् १७८१ मा बेलायती साम्राज्य बाट अलग भइ लड़नाकालागी १३ वटा अमेरिकी राज्य मिलि संघ निर्माण गरे / विश्वमा संघीयता को सुरुवात एकता र विभाजनको आवश्यकताले भएको देखिन्छ / वर्तमान विश्वका अधिक जनसंख्या ओगटेका २६ वटा राष्ट्रहरु संघीय शासन प्रणालीमा आबद्ध छन् / संघीय शासन प्रणाली विघटन भएका देश हरुमा पुर्व युगोस्लाभिया ,पुर्व सोभियतसंघ र नाइजेरिया हुन्   
Share:

एकल संक्रमणीय प्रणाली [Single Transferable Voting System]

यो समानुपातिक निर्वाचन पद्दतिको प्रारूप हो | यसलाई प्राथमिक मतदान प्रणाली पनि भनिन्छ | यो पद्दति हारे नाम गरेका विशेषज्ञले प्रतिपादन गरेका हुनाले यसलाई हारे पद्दति समेत भनिन्छ | यो निर्वाचन प्रणालीको विचार सुरुमा १९७३ मा फ्रान्सको रास्ट्रीय सम्मेलनमा उत्त्पत्ति भएको हो | यसलाई Mathematician Gergonneले सन् १८२०मा विस्तार गरेका थिए | बेलायतका Thomas Wright Hillले यसको बिकास गरेका थिए | यो विचार अस्ट्रेलिया र स्विजरल्याण्डमा प्रचलन गरिएको थियो | डेनमार्कका अर्थमन्त्रि CarleAndrae बाट पनि यस विषयमा काम भएको थियो | सन् १८१५ मा Thomas Hare The Machinery of Representation लेखमा एक मत परिवर्तनीय निर्वाचन व्यवस्थाको विश्लेषण भएको थियो | यो हारे पद्दतिको निर्वाचनमा मतपत्रको वायाँ तर्फ सबै उम्मेद्व्वारको नाम र चिन्ह र दायाँ तर्फ खाली स्थानमा प्राथमिकताको आधारमा क्रमश १,२,३,४.....उम्मेद्व्वारलाई मत दाताले मतदान गर्नु पर्ने हुन्छ | यो निर्वाचन व्यवस्थामा निर्वाचित उम्मेद्व्वारको अतिरिक्त मत अन्य उम्मेद्व्वारको मतमा जोडिन्छ | यस निर्वाचन व्यवस्थालाई केहिले प्राथमिक पद्दति ( Preferential System) पनि नाम दिएका छन् |
यस पद्दति अनुसार निर्वाचन गरिदा धेरै सीटको निर्वाचन छ भने मतदातालाई एउटा मत मात्र दिने अधिकार हुन्छ | मतदान गर्दा १,२,३ संख्या लेखेर प्राथमिकता दिई मतदान गर्नु पर्दछ | एक उम्मेद्व्वरले जितेपछि उसको अतिरिक्त मत अन्य उम्मेद्व्वारको मतमा जोडिन्छ | एउटा निश्चित कोटा पुगेपछी मात्र एक मत परिवर्तन गरिन्छ र यो कोटा निकाल्न प्रस्तुत सुत्र प्रयोग गरिन्छ |
क) कूल मत – संख्या ख) कूल मत – संख्या + १
चुनिने सीट संख्या चुनिने सीट संख्या +१
सुत्र क सजिलो छ भने ख सूत्रको प्रयोग केहि कठिन प्रकृतिको छ | यदि कुनै निर्वाचन क्षेत्रमा ३ सीटको लागि ८ जना उम्मेद्व्वर भएमा मतदाताले आफ्नो मत पहिलो,दोस्रो,तेस्रो, प्राथमिकताको चिन्ह लागाउछ | एक उम्व्द्वारले कोटा पुराएपछी प्राप्त गरेको मत प्राथमिकताको आधारमा अन्य उमेद्वारलाई जान्छ | यो पद्धति बाट अल्पसंख्यक जाति,भाषा भाषी ,समुदाय आदिको प्रतिनिधित्व गराउन अत्यन्त महत्वपूर्ण सहयोग मिल्छ | नेपालमा २०४७ सालको संविधानले रास्ट्रीय सभाको निर्वाचन यसै प्रणालीबात गरिएको थियो | पंचायतमा वर्गीय संगठनको चुनाव पनि यहि प्रणालीमा आधारित हुने गर्दथ्यो | नेपालको प्राध्यापक संघको चुनावमा र अमेरिकाको पेन्सिलभिनियामा पनि यहि पद्दति अपनाईएको छ | बेलायतका विश्व विद्यालयमा पनि यहि प्रणाली अवलम्बन गरेको देखिन्छ |
Share:

Featured Post

लक डाउनमा शिक्षकको तलव

समय धेरै भएको छैन |   कोभिडको महामारीले ग्रस्त बनाएको जनजीवन विस्तारै सम्हालिदै थियो | बिस्तारै मानिसको चहलपहल सुरु हुदै थियो, सरकारले लक डा...

Popular Posts

Contact Form

Name

Email *

Message *

Search This Blog

Copyright © कृष्णप्रसाद ज्ञवाली | Design by:- Krishna Prasad Gyawali |