मानपकडी, असार २३ ।
विद्यार्थीलाई विद्यालयमा पठनपाठन
गराउँदा कोरोना संक्रमणको खतरा छ, त्यसैले एउटा टोलका विद्यार्थीलाई जम्मा गरी
भौतिक दूरी कायम गरेर टोलमै पढाउन थालिएको हो, 'प्रधानाध्यापक भुसालले भने, 'शिक्षकहरु
मास्क र सेनिटाइजर लगाएर शिक्षण सामग्री सहित पुग्दा बालबालिका आआफ्नो
बस्ने व्यवस्थासहित टोलमा जम्मा हुने गरेका छन् ।'
कोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका शुद्धोधन
गाउँपालिकाका विद्यार्थीलाई घुम्ती कक्षा
पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । शुद्धोधन गाउँपालिकाका वडा नं ५
स्थित भगलापुर माध्यमिक विद्यालयले
सञ्चालन गरेको घुम्ती कक्षा पढाइ कार्यक्रममा सहभागी भएर विद्यार्थीले पढाइलाई
निरन्तरता दिन थालेका छन् ।
महामारी संक्रमणका कारण विद्यालय
सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि टोलटोलमा पुगेर विद्यार्थीलाई पठनपाठनमा सक्रिय
बनाउन थालिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भूसालले जानकारी दिए ।उनका अनुसार टोलका विद्यार्थीलाई
टोलमै जम्मा गरेर सामदायिक भवन र चौतारामा भौतिक
दूरी कायम गरेर पढाइने गरिएको छ । विद्यार्थीको चाप बढी हुन नदिन दुई चरणमा
पठनपाठन भइरहेको छ । कक्षा १०मा अध्ययनरत
विद्यार्थी विष्णु लोधले महामारीका कारण
विद्यालय जान नपाएका अवस्थामा घुम्ती कक्षा पढाइ कार्यक्रमबाट पढाइलाई
निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे । कक्षा १ देखि कक्षा १० सम्मका
विद्यार्थीलाई समेट्ने गरी घूम्ती कक्षा
पढाइ कार्यक्रमको समयतालिका र शिक्षकको जिम्मेवारी तोकिएको छ । शिक्षकले
टोलटोलमा जम्मा भएका विद्यार्थीलाई पठनपाठन गराउने गरेका छन् ।

विद्यार्थीका लागि विषयगत शिक्षक अनुसार बिहान ११:०० देखि अपराह्न १:०० बजे र अपराह्न १:०० बजे देखि अपराह्न
४:०० बजेसम्म घूम्ती कक्षा पढाइ कार्यक्रम सञ्चालन गरिएकोछ । वडाका जनप्रतिनिधि, विद्यालय
व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको सहयोग र समन्वयमा टोल पढाइ कार्यक्रम
सञ्चालन गर्न सम्भव भएको र रेडियो
तथा टेलिभिजनका माध्यमबाट विद्यार्थीलाई
पठनपाठन गराउन सक्ने अवस्था नभएपछि टोल पढाइ कार्यक्रम सञ्चालन गरिएको विद्यालय
व्यवस्थापन समितिका अध्यक्ष मोती बहादुर थापा ले जानकारी दिए। उनले टोल पढाइ कार्यक्रम सञ्चालन गर्न धेरै चुनौती रहे पनि बालबालिकालाई पठनपाठनमा
सक्रिय बनाइराख्न विद्यालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरे ।
वैकल्पिक सिकाई सहजीकरणको सयोजन गरिरहेका शिक्षक कृष्णप्रसाद ज्ञवाली भन्दछन् , कोभीड–१९ को संक्रमणको
बावजूत अब हामीले नगरे कसले गर्ने < भन्ने सोंच बनाएर र कोरोना महामारीका कारणले सरकारले
गरेको लक डाउनलाई बाहाना बनाएर घरमा बसेर हुदैन, सिकाई सहजीकरणको लागि हामी शिक्षकहरुले मात्र भएपनि प्रयास गर्छौ भनी विद्यालय
व्यवस्थापन समितिमा प्रस्ताब लग्यौ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक
संघले हाम्रो प्रस्तावलाई मनासिब ठहर गरेर संयुक्त बैठकबाट घुम्ती कक्षा सञ्चालन
गर्ने निर्णय गरेको उनले बताए । घूम्ती कक्षा कार्यक्रम अहिलेका
अवस्थामा प्रभावकारी रहेको बताउँदै शुद्धोधनका
अन्य विद्यालयले समेत त्यसको नक्कल
गर्न थालेको उनले जिकिर गरे ।